काठमाडौं । कोरोनाविरुद्धको आठ लाख डोज खोप आज चीनबाट नेपाल ल्याइँदै छ ।
चीन सरकारको सहयोगमा कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं ल्याइन लागेको हो ।
दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
यसअघि, भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।
उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।
।