सूचनाको शक्ति - The Power Of Information

        

‘थ्रि नेसन्स कप’ फुटबलको फाईनल आज

काठमाडौं । ‘थ्रि नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लाागि आज नेपाल र बंगलादेश भिड्दै छन् ।

कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।

नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले कीर्गिस्तानलाई १-० ले हराएको थियो । फाईनल खेल दशरथ रङ्गशालामा आज साँझ साढे ५ बजे हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आजको खेलमा आफ्नो टोलीले गोलको खडेरी चिर्दै उपाधि जित्ने दाबी गरेका छन् ।

नेपालले लगातार सात अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ०८:३१