सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा सेनाद्धारा एकैदिन ११४ जनाको हत्या

काठमाडौं । सैनिक ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिकमाथि दमन बढाएको छ । शनिबार मात्रै विभिन्न ४४ शहरमा म्यानमारको सेनाले ११४ जनाभन्दा धेरैको हत्या गरेको छ ।

सडकमा देख्नेबित्तिकै सेनाले गोली चलाएर हत्या गर्ने गरेको छ । अहिलेसम्म सेनाको गोली प्रहारबाट चार सय बढी बर्मेली नागरिकको हत्या भइसकेको छ । सुरुमा ब्यापक धरपकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ ।

सडकमा कसैलाई देख्नेबित्तिकै गोली चलाएर मार्ने आदेश पाएको सेनाको अन्तराष्ट्रिय रुपमा चर्को आलोचना हुँदै आएको छ । तर पनि सेनाले आफ्नो बर्बर हत्या कार्यलाई रोकेको छैन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०९:०३