सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा बस र स्कुटर ठाेक्किँदा तीन जनाकाे ज्यान गयाे

काठमाडौं ।  चितवनको भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा  ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

शनिवार भएकाे दुर्घटनामा परेर स्कुटर चालक भरतपुर-६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्षकी चोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना रहेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०८:३१