सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबल छनौटः नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् ।

समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले हरायो । यही समुहको अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हराउँदा मोन्टेनेग्रोले जिब्रल्टारमाथि ४–१ को जित निकाल्यो ।

समुह ‘ए’ को खेलमा सर्वियाले पोर्चुगललाई २–२ गोलको बराबरीमा रोक्दा लक्जेम्वर्गले रिपब्लीक अफ आयरल्याण्डलाई १–० ले पराजित ग¥यो ।

यसैगरी समुह ‘इ’ को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ ले हराउँदा चेक गणतन्त्रले बेल्जीयमलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

यसैगरी समुह ‘एच’ को खेलमा रुसले स्लोभेनियालाई २–१ ले तथा क्रोएसियाले साईप्रसलाई १–० ले हराएका छन् ।

स्लोभाकिया र माल्टाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०८:१६