सूचनाको शक्ति - The Power Of Information

        

समाचार

माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् । आज नागरिक समाजले आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

समर्थन फिर्ता नलिन धेरै दबाब आएको भन्दै उनले अब आफूले राजनीतिक र नैतिक रुपमा धेरै दिन कुर्न नसक्ने बताए । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिनू है भनिरहेका छन् । समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन् । अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ ।’

राजनीतिक दलहरूबीच सहमति गरी अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन् । दलहरुबीचको सहमतिपछि समर्थन फिर्ता गर्ने वा सँगै अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न केही समय लागेको उनले बताए । अहिले प्रधानमन्त्रीको खेल प्राप्त उपलब्धी उल्ट्याउने गरी भइरहेको पनि प्रचण्डले आरोप लगाए ।

उनले भने, ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ । हामी सबै आनदोलनमा आएको हो । सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए । जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए । हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो । यही कारण पुनःस्थापना भयो ।’

प्रतिनिधि सभा पुनर्स्थापना पछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनको भनाइ छ । प्रचण्डले भने, ‘पुनःस्थापना भएपछि पधानमन्त्रीले राजीनामा दिनु हुने सोचेका थियौँ । हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौ । दोस्रो योजना हामीले नबाएकै हो । यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ । हामीले जे सोचेका थियौ त्यो भएन ।’

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २१:०१