बर्दिया । नेपालमा दलित सम्बन्धी बनेका कानुनहरूका बारेमा जानकारी दिने उद्देश्यले बर्दियाको बढैयाताल गाउँपालिकामा कानुनी साक्षरता सम्बन्धी दुई दिने तालिम सञ्चालन भइरहेको छ । दलित महिला संघ बर्दियाको आयोजनामा भएको दुई दिने तालिम सञ्चालन गरिएको हो ।
आजसम्म सञ्चालन हुने तालिममा संविधानमा दलित महिलाका बारेमा भएका प्रावधानका बारेमा स्थानीय न्यायीक समिति तथा अन्य संयन्त्रहरू, मुलुकी ऐन, अपराध संहिता २०७४ का बारेमा छलफल तथा सहजीकरण भइरहेको दलित महिला संघ बर्दियाकी संयोजक हिमा सुनारले जानकारी दिइन् ।

दलित महिला संघ बर्दियाकी सहजकर्ता भगवती विश्वकर्मा, बढैयाताल गाउँपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला बिक लगायत २५ जनाको सहभागिता रहेको तालिममा अधिवक्ता राजकुमार थारू र अधिवक्ता लक्ष्मी नेपाल गरिरहेका छन् । तालिमको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक दिपाकुमारी गौतमले बिहीबार उद्घाटन गरेकी थिइन् ।
।