सूचनाको शक्ति - The Power Of Information

        

२० करोड नागरिकलाई कोरोना खोप दिने बाइडेनको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिनु रहेको बताएका छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन । यो लक्ष्य महत्वाकांक्षी रहे पनि यसमा आफूहरु सफल बाइडेनको विश्वास छ ।

अन्य मुलुकको तुलनमा अमेरिकाले अहिले गरेका पहल सकारात्मक ढंगले अघि बढेको भन्दै खोप अभियानमा पनि आफूहरु सफल हुने बाइडेनले विश्वास ब्यक्त गरे ।

यसैबीच राष्ट्रपति जो वाइडेनले दोस्रो कार्यकालका लागि पनि आफूले उम्मेदवारी दिने बताएका छन् । पत्रकार सम्मेलनमा बाइडेनले सन् २०२४ मा पनि उम्मेदवारी दिने बताएका हुन् ।

७८ वर्षीय बाइडेन अमेरिकाको इतिहासमै राष्ट्रपति हुने सबैभन्दा पाको व्यक्ति हुन् र उनले केवल चार वर्षको कार्यकाल सम्हाल्ने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ०८:०६