सूचनाको शक्ति - The Power Of Information

        

थ्रि नेसन्स कप फुटबलमा नेपाल र किर्गीस्तानले खेले बराबरी

काठमाडौं । थ्री नेसन्स कप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएकोे छ । किर्गीस्तानको २३ वर्षमूनिको टोलीले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले किर्गिस्तानको यूवा टिमसँग बराबरीमा चित्त बुझाउनुप¥यो । खेलको ६७ औं मिनेटमा किर्गिस्थानका कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित मैदानबाट बाहिरिदा टोली १० खेलाडीमा समेटियो ।

तर नेपालले यसको फाईदा लिन सकेन । बराबरीसँगै नेपाल र किर्गिस्तान दुवैको फाइनलमा पुग्ने सम्भावना जिवित रहेको छ । पहिलो खेलमा किर्गीस्तानलाई १–० ले हराएको बंगलादेश भने फाइनलमा पुगेको छ ।

अब नेपालले दोस्रो खेल भोलि बंगलादेशसँग खेल्नेछ । भोलिको खेल कम्तिमा बराबरीमा सकाएको अवस्थामा नेपाल फाईनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ०८:००