सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ९७ जना क्षयरोगका विरामी

बझाङ ।  जिल्ला स्वास्थ्य कार्यालय सिमखेतको तथ्यांकअनुसार बझाङ जिल्लामा ९७ जना क्षयरोगका बिरामी रहेका छन । जसमा ४३ महिला र ५४ पुरुष रहेका छन । गत आवमा १ सय २६ जना बिरामी रहेका थिए ।

कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिमखेतका क्षरोग फोकलप्रशन नारायण जोशीले बताउनु भयो ।

१२ ओटा स्थानियतह रहेका बझाङ जिल्लामा हाल साइपाल गाउँपालिकामा २ बुंगल नगरपालिकामा ९, सुर्मागाउँ पालिकामा ३, तलकोट गाउँपालिकामा ६, मष्टा गाउँपालिका ३,खप्तडछान्ना गाउँपालिकामा ७, थलारा गाउँपालिकामा १०, वित्थडचिर गाउँपालिकामा ७, केदारस्युँ गाउँपालिकामा ९, दुर्गाथली गाउँपालिकामा ३, छविसपाथिभेरा गाउँपालिकामा ११, जयपृथ्वी नगरपालिकामा २७ जना क्षयरोगका बिरामी रहेका छन । सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ ।

२ हप्तामा वा लामो समयसम्म लगातार खोकी लागेमा, साँझ पख हल्का ज्वरो आउनेलगायतका लक्षण भएमा क्षयरोग हुनसक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि जोशीले आग्रह गर्नु भएको छ ।

नियमित रूपमा औषधि सेवन गरे क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले यस विषयमा सबैतिर सचेतना फैलाउन आवश्यक रहेको समेत जोशीले बताउनु भयो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ०७:४६