बझाङ । बझाङ जिल्लामा यार्सागुम्बा लगायतका हिमाली जडिबुटी लोप हँुदै गएका छन । बहूमुल्य जडिबुटी यार्सागुम्बा लगायत अन्य हिमाली जडिबुटी हराउँदै गएपछि तिनिहरुको दिगो व्यावस्थापनका लागि सरोकारवाला संग छलफल गरिएको छ ।
साईपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लाको साईपाल गाउँपालीकामा पाईने विभिन्न किसिमका हिमाली जडिबुटीलाई कसरी व्यावस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
कार्यकममा यार्सागुम्वा, वनलसुन, सतुवा जस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभाबी फोहोरमैला फाल्ने, वनमा डडेलो लगाउने गरेका कारण जडिबुटी लोप हुन गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन ।
जम्मा २ हजार ५ सय ४१ जनसख्या रहेको साईपाल गाउँपालिकाका बासीहरुको मुख्य आयस्रोत भनेको नै जडिबुटी र पशुपालन रहेको छ । जुन बिभिन्न कारणले लोप हुँदै गएका छन ।
जसका कारण नागरिकको जिवीकोपार्जनमा नकारात्मक असर परिरहेको छ । वातावरणमा परेको असरले प्रशस्त हुने जडिबुटी पनी अहिले नपाइने भएका कारण त्यहाँका स्थानियहरुको जनजिवनमा नकरात्म असर परेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले साईपाल गाउँपालिकाको सिमाना तिब्बतसँग जोडिएकोले अवैध सामाग्रीहरु ओसारपसार हुने गरेको भन्दै प्रशासनबाट हुने सहयोगका लागि तयार रहेकाले स्थानीय सकारले हातेमालो गरेर यसलाई रोक्नमा लाग्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमूख खडक बहादुर खड्काले, वन जङ्गलमा पछिल्लो समय डडेलो लगाउने कार्य भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने, र बाताबरण प्रदुषण रोकेमात्र बहुमुल्य जडिबुटीको संरक्षण गर्न सकिने बताउनु भएको छ ।
जेठको अन्तिम साता देखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम साता देखि नै इजाजत लिइ यार्सा संकलनमा जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनु भएको छ ।
सेती नदि र हिमालको काखसँगै जडिबुटीको प्रवल सम्भावना भएको साईपालमा पाइने जडिबुटी संरक्षणका लागि सबैले लाग्नु पर्नेर आगामी दिनमा जडिबुटी संरक्षणका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरी जडिबुटी संरक्षणमा कडाइको साथ लाग्ने साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।
बझाङ जिल्लाको सुर्मा, साइपाल, बुंगल, खप्तडछान्ना, छविसपाथिभेरा गाउँपालिका लगाएतका स्थानियतहहरुमा जडिुटी पाइदै आएको छ ।
।