सूचनाको शक्ति - The Power Of Information

        

मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशको पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ०९:१७