सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ४४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ०९:१३