सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट नेपाल आउनेको नेपालगन्ज नाकामा कोरोना जाँच

बाँके । बाँकेको नेपाल–भारत सीमा नाकामा समेत बाँके प्रशासनले उच्च सर्तकता अपनाएको छ ।

भारतका केही शहरमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि नेपालगन्ज नाका हुदै नेपाल भित्रिनेलाई बुधवारदेखि स्वास्थ्य जाँच समेत सुरु गरिएको  छ ।

भारतबाट नेपाल आउने सर्वसाधरणलाई सीमामै एन्टिजेन परीक्षण शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

उनका अनुसार, भारतबाट आउने व्यक्तिको  एन्टिजेन जाँच गरिने थालेको हो ।रोजगारीको शिलशिलामा भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु त्यहाँ भाइरस संक्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ ।

नेपालगन्जको जमुनाह नाकामा स्थापना गरिएको ल्याबसहितको हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारी खटाएको छ ।

तीमध्ये ल्याब टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ०८:२६