बझाङ । बझाङको साईपाल गाँउपालिका ६ का जगत तामाङ लामो समय देखि नेपाल चीनको व्यापारीक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आएका छन । पछिल्लो दुई बर्ष यता ताक्लाकोटमा रहेको पसल बन्द गरेर उनी काठमाडौमा छन ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढदै गएपछि चीनमा सरकारले लकडाउन घोषणा ग¥यो । लकडाउन भए संगै उनी पसल बन्द गरेर नेपाल फर्के ।
उनी मात्र होईन उनी संगै हुम्लाका तासीलामा, दार्चुलाका योगेश बोहरा लगायत करिब दुई सय नेपाली व्यापारी नेपाल फर्के । उनीहरु नेपाल फर्केको झण्डै दुई बर्ष पुग्नै लागेको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि प्रभावित भएको नेपाल–चीनको व्यापारीक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन ।
ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करिब दुई सय नेपाली व्यवसायी छन । लामो समय देखि बजार बन्द हुँदा नेपाली व्यापारीहरु मार्कामा परेका परेको उनी बताउँछन ।
नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन । कोभिडका कारणले लामो समयदेखि सामान विक्रि गर्न नपाँउदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाई छ ।
उनले भने लकडाउन भएसंगै पसल बन्द गरेर नेपाल आईयो । अहिले सम्म पसल खोल्न पाएको छैन । पसल संचालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन । ताक्लाकोट जान नपाँउदा आफुहरु मार्कामा परेको उनको बताउछन ।
अहिले पनि समय समयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन । नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन ।
नेपाल सरकारले नाका संचालनका लागी कूटनीतिक पहल नगर्दा आफुहरु मार्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आएका दार्चुलाका योगेश बोहरा बताउछन । उनले भने चीनले अन्य मुलुक संग व्यापार अघि बढाईरहेको छ । तर नेपाली नाकाहरुलाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीन तर्फका बजार खुलेका छन । नेपाल तर्फको बजार मात्र बन्द छ ।
चीनियालाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निशेध गरेको छ । कोभिडकै संक्रमण हुने डर हो भने अन्य मुलुक संग व्यापार गर्दा संक्रमण नहुने र नेपाल संग गर्दा संक्रमण हुन्छ भन्ने हुनैन ।
व्यापारिक नाका संचालनका लागी नेपाल सरकारले यथासिघ्र पहल गर्नु पर्ने उनिहरुको माग छ ।चीनको ताक्लाकोट बजारमा नेपालीले बर्षौं देखी हातेहोजियारीका सामान, नेपाली गलैँचा, बांस, निगालो, छाला, र अन्य हस्तकलाका सामानहरुको व्यापार गर्दै आएका छन ।
यस्तै मह, घिउ, छुप्री, खुर्सानी लगायतका दैनिक उपभोग्य सामानहरु पनि चौरी, भेडा र खच्चर मार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको गरेका छन । ताक्लाकोट लगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदी ठाँउहरुमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ ।
हातेहोजियारी र हस्तकलाका सामान नेपालि बजारको भन्दा तीन गुणा महंगो मा विक्रि हुने गरेको छ । ताक्लाकोट तिब्बतको बिकट हिमाली क्षेत्रमा पर्ने शहर एक मुख्य शहर हो ।
हिन्दु, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रशिद्ध तिर्थस्थल कैलास मानसरोवर जान यहि बाटो भएर जानु पर्ने हुन्छ । भारत, नेपाल र चिनको भुभाग संग जोडिएको यो क्षेत्रलाई पछिल्लो समय त्रिदेशिय व्यापारीक हबको रुपमा विकास गर्न सकिने अर्का व्यवसायी हुम्लाका तासी लामा बताउछन ।
।