सूचनाको शक्ति - The Power Of Information

        

खोरमा थुनेर राखेको नरभक्षी बाघ भाग्यो, यात्रामा कडाइ

बर्दिया । बर्दियामा पटक–पटक मान्छेलाई आक्रमण गरेपछि समातेर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर राखिएको बाघ भागेको छ।

निकुञ्जको खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको बाघ मंगलबार बिहान भागेको हो। बिहान ५ः०० बजेसम्म सीसीटीभीमा बाघ देखिएको थियो। खोरलाई भत्काएर बाघ भागेको छ।

खोरबाटै बाघ भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना ११ः०० बजेतिर अगैयामा पुगेर सावधानी अपनाउन गाउँले र प्रहरीलाई सूचित गरेको थियो।

प्रहरीले पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रामा कडाइ गरेको छ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, मोटरसाइकल चालकलाई सावधानी अपनाउन भनिएको छ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १५:४९