सूचनाको शक्ति - The Power Of Information

        

धुलोका कारण बिद्यालय आवातजावत गर्न समस्या

बझाङ ।  सडक निर्माणको क्रममा धुलोको मात्रा अत्यधिक हुँदा बझाङमा प्रदूषणको दर बढेको छ ।

धुलो व्यवस्थापनको लागि चासो नदिँदा बझाङबासी स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हिउँद महिनामा धुलाम्य सडक नहुने कुरै भएन तर पनि जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरू अत्याधिक धुलाम्य भएका छन ।

बिशेषत चैनपुर देखी भोपुर सडकखण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छ । बझाङको चैनपुरदेखि भोपुरसम्मको सडकको धुवाँ र धुलोका कारण बिद्यालय आवातजावत गर्न निकै अप्ठ्यारो भएको सत्यवादी माध्यमिक विद्यालय भोपुरका बिद्यार्थी गणेश राज बोहराले बताउनुभयो ।

साथै विध्यालय जादा बाटोमा गाडी आवतजावत हुने भएकाले आफुहरु स्कुल जादा स्कुल डे«स समेत धुलाम्य भएर नचिनेने अवस्था हुने गरेको जयपृथ्वी बहुमुखी क्याम्पसका विध्यार्थी मान बहादुर बोहोराले बताउनु भयो ।

साथै आवतजावत गर्ने क्रममा सवारी साधनहरुले समेत द्रुत गतिमा सबारी चलाउदा झनै समस्या देखिएको छ सर्बसाधारण बिद्यार्थीहरुले धुलो छल्न मास्क, मखलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरूले बताउने गरेका छन् ।

साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेको छन । यसको समाधानका लागि जनप्रतिनिधिहरुले छिटोभन्दा छिटो ध्यान दिनुपर्ने , सवारी साधनको आवात जावतमा रोक लगाउनुपर्ने बिद्यार्थीले माग गरेका छन् ।

वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पी एम भन्दा साना कणहरू प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ । प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर हुने चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०८:४०