बझाङ । जयपृथ्वी नगरपालिका –५ घर भएका धन बहादुर बुढाथापा बाज्याको पाला देखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन । सानै छदाँको उनलाइ अहिले पनी सम्झना छ ।
बाज्याको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उनी अहिले ५ घार मात्रै मौरीका घार रहेका बताउछन । लामो समय देखी मौरी पालन व्यवसायमा रहेका धन बहादुरको आफ्नो धन भनेकै मौरी भएको बताउछन ।
तर पछिल्लो समयमा मौरीको घार पनी कम हुदै गएको र भएका मौरीहरुपनी मर्न थालेपछी उनी चिन्तित भएका छन । उनले भने “मौरी के कारणले मरे भन्नेबारेमा त्यति जानकार नभए पनी भएका घारहरुमा पनी मह निकाल्दा मह पनी हुदैन ।
चैत , बैशाख मौरीहरुको मह उत्पादनका लागी उतम समय भए पनी मह निकाल्दा मह नभएका रित्ता पोतलाहरु मात्र लागेका हुन्छ । धेरै बर्ष अगाडी मौरीलाइ चर्नको लागी जंङ्गल थियो ।
मान्छेहरु खेतबारीमा तोरी प्रशस्त कोइराल र चिउरीको बोटहरु हुन्थे । अहिले गाउँघरमा केहि छैन । अरुत अरुनै भए वनमा फुल्ने लालिगुराउँस समेत पानी नपरेकाले नफुलेरै सुकेका छन ।”
कृर्षि ज्ञान केन्द्र बझाङले मौरी व्यवसायिहरुका लागी चिउरीका बोटहरु वितरण गरेको खण्डमा समेत आफु सयौँ बोटहरु लगाउने र त्यसका लागी ज्ञान केन्द्रले सहयोग गर्नु पर्ने र केहि बर्ष उत्पादन भएको मह विक्रि गरी घर खर्च र छोराछोरी पढाउन समेत त्यहिबाट चलाउन्थे । तर विस्तारै घर खर्च चलाउन समस्या हुदै गएको बुढाथापाले बताए ।
धेरै बर्ष देखी मौरी पालनमा लागेका जयपृथ्वी नगरपालिका २ घर भएका जनक खड्काले समेत विगत केहि बर्ष भन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताएका छन । साथै मह उत्पादन नहुदा बाहिरी जिल्लाबाट मह बेच्ने आउनेहरु बढ्न थालेका छन ।
दाङ जिल्ला घर भएका लाल बहादुर चौधरी लगाएतको टोली मह बोकेर जिललाका विभिन्न ठाउँहरुमा विक्रिका लागी पुग्ने गरेका छन । हाल जिल्लामा महको प्रर्ति केजी ५ सय रुपैयाँमा विक्रि वितरण हुने गरेको छ ।
कृर्षि ज्ञान केन्द्र बझाङको तथ्याङ्क अनुसार हाल बझाङ जिल्लामा मौरी व्यवसायीहरु ४३ जना रहेका छन । जसमा कुल मह बार्षिकरुपमा २५ सय केजी उत्पादन हुने गरेको छ । ७ सय ४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८ सय १२ घार रहेका छन । भने मौरीका लागी खप्तडछान्ना , थलारा , सुर्मा, केदारस्यु गाउँपालिका र बुंगल नगरपालिका उतम क्षेत्र मानिन्छ ।
यता कृर्षि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले भने किसानहरुले मौरी पालनका लागी आधुनिक घार र मह उत्पादनमा आधुनिक तरिकाहरु तर्फ प्रेरित भएकाले मह उत्पादन गर्ने मानिसहरु बढेको र मौरीहरुलाइ चरन क्षेत्र नास भएकाले , मौरीहरु सुलसुलेको आक्रमणमा परेको , विषादीको प्रयोग बढेको , जलवायुमा भएको परिवर्तनले घर मौरी भन्दा भिर मौरीको मह उत्पादन बढेको छ ।
फापर , सुन्तला जात , तोरी जस्ता बोट विरुवा रोप्नु पर्ने मौरी पाल्छु भनेर आउने इच्छुक युवा किसानहरुका लागी ढुवानी , अनुदान , परामर्श लगाएत तालिमको व्यवस्था समेत रहेको र मह बच्चा देखी बुढा सम्म आयुर्वेदिक औषधी मात्र नभएर यसको सांस्कृर्तिक धार्मीक , र जन्म देखी मृत्यु सम्म बहु उपयोगी हुने भएकाले मह उत्पादन अरु जिल्लाको तुलनामा बझाङमा घट्दै गएको समेत प्रमुख विष्टले बताए ।
।