सूचनाको शक्ति - The Power Of Information

        

मोबाइल चार्ज गर्ने बेला करेन्ट लाग्दा एक जनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षीया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति मोबाइल चार्ज गर्ने क्रममा: उनलाई करेन्ट लागेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगे पनि उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

सपना कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने विद्यार्थी थिइन्।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०८:२४