काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ ।
बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण गरेर १ सय ३७ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसअघि त्यहाँका सरकारी अधिकारीहरुले ६० जनाको हत्या भएको बताएपनि सरकारले १३७ जनाको हत्या भएको पुष्टि गरेको हो ।
यता विद्रोही निशाना लगातार सर्वसाधारणमाथि परिरहेपनि त्यहाँको सरकारले समस्या समाधानमा चासो नदेखाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पछिल्ला दिनहरुमो नाइजरका विभिन्न गाउँमा हातियारधारी समूहको आक्रमण लगातार बढिरहेको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता जकारिया अबदुर हमानेले सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि प्रयास जारी राखेको बताउनुभएको छ । माली र नाइजरमा जारी हिंसामा परेर हजारौं सर्वसाधारण बिस्थापित भइसकेका छन् ।
गत मार्च १५ मा आईएसआईएल सम्बद्ध लडाकूहरुले तिल्लारी क्षेत्रमा आक्रमण गर्दा ६६ जनाको निधन भएको थियो । नाइजर, माली र बुर्किनाफासोको सीमा क्षेत्रमा भएको अर्को आक्रमणमा ३३ जना मारिएका थिए ।
यस्तै जनवरी २ मा भएको आक्रमणमा टिल्लेबारीमा एक सय जनाको हत्या भएको थियो । एजेन्सी
।