सूचनाको शक्ति - The Power Of Information

        

भारत र इंग्ल्यान्डबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि

काठमाडौं । भारत भ्रमणमा रहेको इंग्ल्यान्ड क्रिकेट टोली र भारतीय क्रिकेट टोलीबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै छ ।

तीन खेलको श्रृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनमा सुरु हुनेछ ।

इंग्ल्यान्ड इयान मोर्गानको कप्तानीमा मैदानमा उत्रिनेछ भने भारतको कप्तानी विराट कोहलीले गर्नेछन् ।

यी दुई टोलीबीच यसअघि भएको टेस्ट श्रृंखला र टी-२० श्रृंखला दुवै घरेलु टोली भारतले जित्न सफल भएको छ ।

एकदिवसीय विश्व वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०७:५०