सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर पानी उपयोग गर्न सक्ने जनाएको छ ।

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ।

यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको थियो । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्रविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए ।

साथै पानी लाइनबाट सिधैं ७ मिटर अर्थात अढाई तले घरसम्म् वितरण गर्न सकिने उनले बताए ।

कान्तिपुर

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०७:३७