बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपाल सरकारले उपलब्ध गराउने तलब भत्ता तथा अन्य सेवा सुविधाको रकम सामाजिक कार्यका लागि खर्च गरेका छन् ।
वडा अध्यक्ष बेहनाले आज एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिका बडा ११ मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सदरलाइनको भवन निर्माणका लागि आफ्नो तलब भत्ता बापत २१ हजार रुपैयाँको चेक शाखाका सभापति ओम प्रकाश अजादलाई हस्तान्तरण गरेका छन् ।
रेडक्रस सोसाइटी उपशाखा सदरलाइनका सभापति अजसदले करिब १३ लाख लागतमा निर्माण भइरहेको भवन निर्माणका लागि बडा अध्यक्षले गर्नु भएको सहयोगले निर्माणमा सहज हुने बताए ।
उनले नेपालगञ्जमा हल सम्म रेडक्रसको निजि भवन नरहेकोले भवन निर्माण कार्य जारी रहेकोले उक्त भवन निर्माणमा सहयोग गरिदिन अपिल गरे ।
रकम हस्तान्तरण कार्यक्रम राप्रपाका केन्द्रीय सदस्य नजमि इराकि र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नगर अध्यक्ष रबि बर्माको उपस्थित रहेको थियो ।
।