सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकले १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्दैछ । बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

सोमबार बोलकबोल भएर मंगलबार ट्रेजरी बिल इस्यु हुने बताइएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ३ करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब ३० करोड र ३६४ दिनका लागि २ अर्ब  बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिने बताएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १०:४३