सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीको आउने सम्भावना रहेकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार ०८:५८