सूचनाको शक्ति - The Power Of Information

        

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं टी-ट्वान्टी क्रिकेट आज

काठमाडौं ।  भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट आज हुँदैछ ।

श्रृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो ।

खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ ।

यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड तथा दोस्रो र चौथो टी-ट्वान्टी भारतले जितेको थियो ।

टी-ट्वान्टीको विश्व वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

यी दुई टीमबीच तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार ०९:४३