सूचनाको शक्ति - The Power Of Information

        

माधव-झलनाथ पक्षीय महिला संघको राष्ट्रिय भेला हुँदै

काठमाडौं ।   नेकपा एमालेको माधव–झलनाथ पक्षीय अखिल नेपाल महिला संघको आज राष्ट्रिय भेला हुँदै छ।

भेला आज बिहान ११ बजेदेखि कालीमाटी ब्यांक्वेटमा सुरु हुनेछ।

भेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको प्रमुख आतिथ्यतामा हुने छ।

यस्तै बिहीबार सकिएको माधव-झलनाथ पक्षको राष्ट्रिय कार्यकता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेकाे छ।

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चुलिँदो छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेपछि माधव-झलनाथ पक्षले विरोध गरेको छ।

साथै साे पक्षले समानान्तर कमिटीसमेत गठनकाे अभ्यास थालेकाे छ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार ०९:२०