सूचनाको शक्ति - The Power Of Information

        

सिंगटी हाइड्रोको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ ।

आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ ।

सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार ०८:१२