सूचनाको शक्ति - The Power Of Information

        

लघु जलविद्युत आयोजनाले केदारस्युँका आधा दर्जन गाउँमा उज्यालो

फाइल तस्वीर

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा रहेको दोगडे खोलामा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भए पनि यहाँका आधा दर्जनबढी गाउँमा विजुली बत्ती बलेको छ । गाउँपालिका–६ का आधा दर्जन बढी गाउँमा बिजुली बत्ती पुगेको छ । गाउँमा बिजली बत्ती बलेपछि स्थानीयहरु खुसी भएका छन् ।

गाउँ नजिकैको दोगडे खोलामा लघु जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा आएपछि विनाडा, भाडसैन, त्याडिगाँउ, र गाँजरीमा बत्ती बलेको हो । २०७० सालबाट निमार्णाधिन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे खोला लघु जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

बैकल्पीक उर्जा, केदारस्यँु गाउँपालिका र वडा कार्यालयलको करीव २ करोडकोे लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष विर्ख गुरुधामीले बताए । दोगडे खोलामा लघु जलविद्युत आयोजनाबाट केदारस्युँ गाउँपालिकाका विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरीका बासीन्दा लाभावन्तित भएका छन् ।

यस्तै थापागाउँ, सिङराली, गोठेखान र रोतागाडामा घरमा वाइरिङ्गको काम सञ्चालनमा रहेकाले ति गाउँमा छिट्टै विजुली बत्ती पुगाउने अध्यक्ष गुर्धामीले बताए । गाँउमा बिजुली बलेसँगै गाउका विद्युतिय सबै समस्या समाधान भएकोे तथा स्थानियसरकार भएको अनुभुति भएको स्थानीय खडक धामीले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १६:५१