सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ ।

मोरङका पूराना नेता कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो ।

निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको उपचारकै क्रममा निधन भएकोे हो ।

कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति हुनुभयो । उहाँ प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि हुनुभएकोे थियो ।

उहाँ हाल कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशिल कोइरालाका सहोदर भाई कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुनुहुन्थ्यो ।

शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष भएको काँग्रेस नेता डा. शेखर कोइरालाले जानकारी दिनुभयो ।

उहाँका एक छोरा र एक छोरी छन् । उहाँको आजै मोरङको सिंघीया घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ०९:०८