सूचनाको शक्ति - The Power Of Information

        

सप्तरीमा ग्यास लिक भएर आगलागी हुँदा ४ घर जलेर नष्ट, एक जना घाइते

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताउनुभयो ।

उहाँकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ०९:०३