काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमतर्फ आतंक मच्चाइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
गेरुवा गाउँपालिकालगायत क्षेत्रमा आतंक मच्चइरहेको बाघलाई बुधबार बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिएको हो ।
केही दिनअघिदेखि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो र लामो समयदेखि मानिसलगायत पशुचौपायामाथि आक्रमण गरिरहेको बाघ पहिचान भएपछि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
त्यसपछि डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
नियन्त्रणमा लिइएको बाघ नंग्रा खिइएको दाँत भाँचिएको अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विषुप्रसाद श्रेष्ठले बताए ।
बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा निर्माण गएिके उद्धार केन्द्रमा राखिने उनले बताए ।
बाघ बुढो भएका कारण सजिलो सिकार खोज्दै मानिस र पशु चौपायामाथि आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ । नयाँ पत्रिका
।