काठमाडौं । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ ।
अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ ।
तर, स्वचालित मूल्य प्रणालीअन्तर्गत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ ।
लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो ।
त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो ।
त्यसपछि क्रमिक रुपमा इन्धनको खपत बढेसँगैं मूल्य पनि बढ्न थालेको हो । गत साउनदेखि अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि अहिले तीनगुणाभन्दा पनि बढेर ६९/७० डलर पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा लगातार तेलको मूल्य बढ्दै गएपछि निगमले स्थानीय बजारमा समेत मूल्य बढाउँदै आएको छ ।
निगमका अनुसार गत साउनदेखिनै स्थानीय बजारमा इन्धनको मूल्य बढिरहेको छ । साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ ।
लगातार मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य स्थिरिकरण कोषमा उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ ।
मूल्य बढिरहेकाले कोषमा भएको रकम व्यवस्थापन गर्दा ५/६ पटकलाई भन्दा धेरै नपुग्ने भन्दै निगमले लगातार इन्धनको मूल्य बढाइरहेको छ । कारोबार
।