सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

बझाङ । ङ श्र्रेणी रहेको जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन ।

२५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ३८ जना कैदीबन्दी र ३७ जना थुनुवा गरी ७५ जना बस्दै आएका छन ।

अर्कातिर भने महिला बन्दीहरुका लागी बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने अवस्था रहेको छ । महिला कैदीबन्दी तथा थुनुवाहरु आएको खण्डमा अकै जिल्ला सार्नुपर्ने अवस्था रहेको पाइन्छ ।

पुरुष बस्ने बन्दी गृहका लागी सघन सहरी विकास तथा भवन र्निमाण आयोजना डाटीले स्टमेट गरेको भए पनी ठेक्का प्रक्रिया अगाडी नबडेकाले केहि बर्ष देखी महिला भवनमा पुरुष राख्नुपर्ने अवस्था रहेको र भवनको ठेक्का भै भवन बनेको खण्डमा सहज हुने जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले बताउनुभयो ।

हाल ६ ओटा कोठामा कैदिबन्दीहरु कोचिएर बस्नुपर्ने अवस्था रहेको र चर्पिमा दिसापिसाब गर्न समेत समस्या हुने गरेको समेत घर्तिले बताउनुभयो ।

खेलकुद , पुस्तकालय , मनोरञ्जनमा साधन त परजाओस ७५ जनाका लागी दुइओटा चर्पि मात्रै हुदाँ विहान देखी दिउसो १२ बजे सम्म दिसा पिसावका लागी लाइनमा बस्नुपर्ने बाध्यता रहेको र एउटै कोठामा धेरैजना बस्ने भएकाले हलचल गर्न र श्वास फेर्न समेत गाह्रो हुने गरेको जिल्ला कारागार बझाङका नाइके भक्तm भन्डारीले बताउनु भयो ।

तत्काल थप चर्पी र बस्ने ठाउँको सुधार नभएको खण्डमा आन्दोलनमा उत्रने र यस तर्फ सबै निकायको ध्यान जानुपर्ने कारागारमा सरकारी तथा गैरसरकारी संस्था मार्फत खेलकुद , पुस्तकालय समेतको व्यवस्था भएको खण्डमा कैदिबन्दीहरुलाइ ज्ञानगुनका कुराहरु सिक्न र समय विताउन समेत सहज हुने नाइके भन्डारीले बताउनु भयो ।

यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफु भरखरै सरुवा भै जिल्लामा आएको र कारागारको केहिदिनमा अनुगमन गर्ने र सघन सहरी विकास तथा भवन र्निमाण आयोजना डोटी संग बुझेर भवनका लागी समेत पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १८:४५