काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व चुन्नका लागि आगामी चैत २५ गते निर्वाचन गर्ने भएको छ ।
पत्रकार महासंघको केन्द्रीय समिति बैठकले निर्वाचनको मिति तोकेको हो । यसपटकदेखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
महासंघको संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचनको मिति तोकिएको महासंघले जनाएको छ ।
बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । निर्वाचनको थप कार्यतालिका बनाउने जिम्मा भने निर्वाचन समितिर्ला दिइएको छ ।
महासंघको नेतृत्वका लागि मुख्यगरी नेपाली कांग्रेस निकट, नेकपा एमाले र माओवादी केन्द्रनिकट पत्रकारहरुको संस्थाबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
।