काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
ओली पक्षका सांसद एवं मुख्य सचेतक नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
भट्टराईले सूर्य चिह्नबाट निर्वाचित सबै सांसदलाई बैठकमा बोलाइएको जानकारी दिनुभयो ।
एमालेको नेपाल–खनाल पक्षले ललितपुरमा दुई दिने कार्यकर्ता भेला गरिरहेकै बेला ओलीले संसदीय दलको बैठक बोलाउनुभएको हो ।
नेपाल खनाल नेपाल पक्षका सांसदहरु भने ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताएका छन् ।
।