काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः गम्भीर बनेको छ ।
मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमै राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको अस्पतालले जनाएको थियो । तर उनको अवस्था फेरि गम्भीर बनेको अस्पतालले जानकारी गराएको छ ।
यसैबीच सामाजिक सञ्जालमा जोशीको अवस्थाबारे निराधार हल्ला फैलाइएकोप्रति असन्तुष्टि जनाउँदै अनावश्यक प्रचार नगर्न जोशी परिवारले आग्रह गरेको छ ।
।