सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाल समूहको भेलामा सहभागी भए कारवाही गर्ने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल झलनाथ खनाल समूहले आयोजना गरेको भेलामा सहभागी भए कारवाही हुने चेतावनी दिएका छन् ।

चैत ४ र ५ गते सो समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्तँ भेलामा सहभागी नहुन आग्रह गर्दै ओलीले आग्रहको अवज्ञा गरे विधान अनुसार अनुशासनको कारवाही हुने बताएका हुन् ।

 भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले भने, ‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिने छ ।’

भाेलीकाे भेलामा एक नजर त्यतातिर लगाउने बताए। सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १३:३७