काठमाडौं । प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै सभामुख सापकोटाले बैठकमा जनता समाजवादी पार्टीले सांसद सरिता गिरी पदमुक्त भएको जानकारी गराए । गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गर्ने उनको पार्टीले निर्णय गरेको थियो ।
त्यस्तै सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको सांसद पदमा चयन भएका मोहनप्रसाद पाण्डेलाई सभामुखले स्वागत गरे ।
।