सूचनाको शक्ति - The Power Of Information

        

वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको निधन

काठमाडौं ।  नेपाली वाम आन्दोलनका चिन्तक माणिकलाल श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो ।

उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि माघको पहिलो हप्ता उनलाई अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित भएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सवादबारे गहन अध्ययन गरेका थिए ।  स्वर्गीय श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए ।

उनको नेपालभाषामा ‘पाश्चात्य समालोचना सिद्धान्त’ पुस्तक प्रकाशित छ । त्यसैगरी श्रेष्ठका सयौं विचारात्मक आलेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १२:२७