सूचनाको शक्ति - The Power Of Information

        

भारत र इङ्ग्ल्याण्डबीचको बाँकी खेल बन्द रंगशालामा हुने

एजेन्सी । भारत र इङ्ग्ल्याण्डबीचको बाँकी खेल बन्द रंगशालामा हुने भएका छन् ।

पाँच टी–२० खेलका लागि भारतमा रहेको इङ्ग्ल्याण्डले दुईवटा खेल खेलिसकेको छ । अब बाँकी तीन वटा टी–२० खेल बन्द रङ्गशालामा हुने छन् ।

भारतमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी खेल बन्द रङ्गशालामा गर्न लागिएको हो ।

यसअघि भएका दुई वटा टी–२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो ।

खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट संघले जनाएको छ ।

गुजरात क्रिकेट संघले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।

पाँच खेलको टी–२० श्रृङ्खला एक÷एकको बराबरीमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार ११:१९