सूचनाको शक्ति - The Power Of Information

        

ओलीको चियापान आज, नेपाल र खनाल नजाने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उहाँले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो ।

दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई महत्वका साथ हेरिएको छ ।

फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।

एमालेका सबै नेतालाई बोलाइएको चियापान कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समुह भने सहभागि नहुने भएको छ ।

पार्टीलाई एकतावद्ध गराउने भन्दै हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली–नेपाल पक्षको बैठक ठोस निष्कर्षमा पुगेको थिएन् ।

लगत्तै नेपाल–खनाल पक्षको बैठक बसेर ओलीले आयोजना गरेको चियापानमा सहभागि नहुने निर्णय गरेको थियो ।

एमालेमा समानान्तर कमिटी गठन गरेको नेपाल–खनाल पक्षले चैत्र ४ गते राष्ट्रिय कार्यक्रता भेला आयोजना गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १०:५९