सूचनाको शक्ति - The Power Of Information

        

पहाडका केही भूभागमा बेलुकी पख मेघगर्जनसहित पानी पर्ने

काठमाडौँ । आज काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

आज केही पहाडी क्षेत्रमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

प्रि-मनसुनको सिजन भएकाले बिहानीको समयमा घाम लागेर मौसम सफा भए पनि बेलुकीपख पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने गरेको छ ।

आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्काअनुसार आज पश्चिमीसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०८:००