सूचनाको शक्ति - The Power Of Information

        

टी-ट्वान्टी क्रिकेटमा भारतविरुद्ध इंग्ल्याण्डको पहिलो जीत

काठमाडौं । घरेलु टिम भारतविरुद्धको पहिलो टी- ट्वान्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । अहमदाबादमा गएराति भएको खेलमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य इंग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गरेको हो । यो सँगै इंग्ल्याण्ड टी-ट्वान्टीमा १–० ले पनि अग्रता लिन सफल भएको छ । भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।

इंग्ल्याण्डको जितमा जासन रोयले ४९ रनको योगदान गर्दा जोस बटलरले २० रन बनाए । जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे । भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । भारतका श्रेयस एयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्डयले १९ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
एजेन्सी

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०९:२२