सूचनाको शक्ति - The Power Of Information

        

मेयर्स कप क्रिकेटको फाइनल आज

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टीम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५ बजे सुरु हुनेछ । पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ । एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

तर, फाइनलमा एपीएफलाई चोटग्रस्त खेलाडीले सताउने देखिएको छ । पुलिस भने एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०९:१०