सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को कारले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। यस्तै कारको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल घाइते भएका छन्।

उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । गाडीे र चालक प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार ११:००