सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या

काठमाडौं । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको    हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७  बाट  रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।

आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको  थाहा पाएपछि यादवले  लोधको  हत्या  गरेको प्रहरीको  दाबी  छ ।गत  मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।

इलाका  प्रहरी  कार्यालय लुम्बिनीका  प्रहरी  निरीक्षक रवीन्द्र महतका  अनुसार  पक्राउ  परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् । लोधको टाउकोमा गम्भीर चोट  लागेको,नाक र  मुखबाट रगत बगेको   अवस्थामा शव फेला  परेको  थियो ।

प्रहरीले  प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर  ल्याएर अनुसन्धान  अघि बढाएको थियो ।घटनास्थलबाट उठाइएको  सबुद  प्रमाण,  प्राविधिक पक्षको विश्लेषणलगायत   अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न  आएको  प्रहरीको  दाबी  छ ।

यादवमाथि अनुसन्धानका लागि जिल्ला  अदालतबाट  पाँच  दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार ०७:४०