सूचनाको शक्ति - The Power Of Information

        

अभियन्ताका नाममा ठगीधन्दा

६ लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता प्रहरी खोरमा

नौं लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुरी

बाँके । प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जना कथित सामाजिक अभियन्ता प्रहरी खोरमा पुगेका छन् । कथित सामाजिक अभियन्ता बाँके राप्तीसोनारी गाउँपालिका–६ का आशिष मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पार्दै ६ लाख रुपैयाँ ठगी गर्ने कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले सल्यानका भीमबहादुर घर्ती र तारा महताराबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए ।

भीमबहादुर घर्ती र तारा महतारासँग ठकुरीले घर्ती र महतारालाई प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

पीडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारी गाउँपालिका–६ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । ठकुरीले पीडितबाट एकपटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको प्रहरीसमक्ष बताएका छन् ।

पक्राउ परेका कथित सामाजिक अभियन्ता ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइने प्रहरी उपरीक्षक रानाले बताए । उनले भने, ‘जतिसुकै ठुलो पावर लगाए पनि ठकुरीमाथि कारबाहीको प्रक्रिया अघि बढाउँछौं, कसैको पावर लाग्दैन ।’

पटक–पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको पीडितले बताए । प्रहरी उपरीक्षक रानाले ठकुरीलाई भोली नै अदालतमा पेश गरी ठगी मुद्दा चलाउने प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १९:०७