काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ८६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ७० रुपैंया रहेको थियो ।
।