सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ विदयुत चोकमा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भे १ क ११०० नम्बरको ग्याँस सिलिण्डर बोकेको ट्रकले सोही ठाउँका ३८ वर्षीय जयकर्ण मल्ललाई हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।

कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मल्लको हिजो बेलुकीनै मृत्यु भएको हो ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमामा लिइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ११:५५